विराटनगर, २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउन मद्दत गर्ने बताउनुभएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदा उपर सरोकारवालाहरुबीच अन्तरक्रिया’ कार्यक्रमको उद्धाटन गर्दै उहाँले स्वदेशी कच्चा पदार्थलाई बढावा दिन औद्योगिक नीति आवश्यक रहेको कुरामा जोड दिनुभयो । […]
विराटनगर २३ माघ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले हस्ताक्षर गर्नु भएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ […]
विराटनगर २२ माघ । नेपाल टेलिकमको कोशी प्रदेश कार्यालय विराटनगरले २१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । आज विराटनगर स्थित प्रादेशिक कार्यालयको हलमा आयोजित कार्यक्रममा प्रदेशका विभिन्न क्षेत्रका उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुको सम्मान, २० वर्ष कार्य पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदकबाट सम्मान तथा विभिन्न खेलकुदमा उत्कृष्ट हुने कर्मचारीहरुलाई मेडल वितरणलगायतका कार्यक्रम […]
विराटनगर २२ माघ । कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि महत्वपूर्ण मानिएको पूर्वाधार, पाथीभरा केवलकार निर्माण अघि बढाउने सन्दर्भमा विवाद देखिएको प्रति नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही दिनदेखि भईरहेका गतिविधिप्रति महासंघले आज विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा […]
विराटनगर २१ माघ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको भवन आज शिलान्यास गरिएको छ । मोरङको बुढिगंगा गाउँपालिका २ स्थित टंकिसिनवारी चौक नजिक निर्माण गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति भवनको शिलान्यास गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डिराज ढकाल र महासंघको […]