लक्ष्मीपूजामा १६५० मेगावाट बिजुली खपत

विराटनगर ४ असोज । लक्ष्मीपूजा अर्थात सोमबार साँझ देशभर १६५० मेगावाट बिजुली खपत भएको छ । जुन अन्य दिनको तुलनामा उच्च रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १६५० मेगावाट पुगेको जनाएको छ । ‘ बिजुलीको राष्ट्रिय उच्च माग १६ सय ५० मेगावाट थियो,’ प्राधिकरणका प्रवक्ता राजन ढकालले भन्नुभयोे, ‘१ हजार १५ मेगावाट निर्यात भइरहेको छ ।’ कुल प्रणाली माग २६ सय ६५ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।

गत वर्षको लक्ष्मीपूजामा १६ सय ५ मेगावाट खपत भएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो ।