मोरङ ग्रामथानको अध्यक्षमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने एमालेको निर्णय

विराटनगर २४ कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचिनका लागि नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टीको ग्रामथान गाउँपालिका उपाध्यक्ष रहनु भएका विश्वासलाई उम्मेदवार बनाउने आज बसेकाे केन्द्रीय सचिवालय बैठकले निर्णय गरेकाे हो । सचिवालय बैठकले देशभरका ४४ पदमा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको […]

पूर्वमन्त्री अधिकारी एमालेबाट निलम्बित, छानबिन गर्न सरकार समक्ष आग्रह

विराटनगर २४ कात्तिक । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्वन गरेको छ । पार्टीको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्वन गरेको जानकारी गराएको हो । विज्ञप्तिमा आरोपको अन्तिम निरुपण नहुँदासम्म अधिकारीलाई राष्ट्रिय […]

पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन अधिकारीको माग

विराटनगर २४ कात्तिक । कोशीका प्रदेशसभा सदस्य एवं निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले आफूलाई पार्टीको जिम्मेवारीबाट समेत हटाउन माग गर्दै निवेदन दिनु भएको छ । नेकपा (एमाले)का प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई हस्तलिखित निवेदन बुझाउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन माग गर्नुभएको हो । एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ […]

ताप्लेजुङको पाथीभरामा झडप हुँदा प्रहरीसहित ६ जना घाइते

विराटनगर २३ कात्तिक । ताप्लेजुङको पाथीभरामा केवलकार बनाउन दिनुपर्ने र बनाउन दिन नहुने पक्षबीच आज दिउँसो दोहोरो झडप हुँदा प्रहरीसहित ६ जना घाइते भएका छन् । दुई पक्षबीच ढुंगा हानाहान हुँदा सशस्त्र प्रहरीका इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक)सहित ६ जना घाइते भएका हुन् । घाइते हुने सुरक्षाकर्मीमा सशस्त्रका इन्स्पेक्टर डिकेन्द्र ओली र नेपाल प्रहरीका सहायक हवल्दार […]

विराटनगरमा छठ ( तस्वीरहरु सहित)

विराटनगर २२ कात्तिक । छठ पूजाको मुख्य दिन आज अस्ताउँदै सूर्यलाई अघ्र्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ मनाउने प्रचलन छ । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठको समापन हुन्छ । छठमा चोखो नितो भएर व्रत बस्नुपर्छ भन्ने मान्यता छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने […]