कोशी प्रदेश पयर्टन वर्षको नारा, लोगो र मस्कट सार्वजनिक

विराटनगर २० चैत । कोशी प्रदेश सरकारले सुरु गर्न लागेको ‘कोशी प्रदेश पयर्टन वर्ष २०८२’को नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन वर्षको नारा, लोगो र मस्कट आज सार्वजनिक गर्नुभएको हो । पर्यटन वर्षको नारा ‘कोशीको गौरब, हिमालको शान, पर्यटन वर्षमा सबैको सम्मान’ नारा सार्वजनिक गरिएको छ […]

तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख दिने सरकारको निर्णय

विराटनगर २० चैत । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको छ । सो दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो । उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । […]

इक्युवालिटि कप क्रिकेट : फाइनलमा मोरङ र सप्तरी भिड्ने

विराटनगर १९ चैत । चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी प्रवेश गरेका छन् । लगातार दुई खेल जितेका मोरङ र सप्तरी एक खेल अगावै फाइनलको यात्रा तय गरेका हुन् । साविक विजेता मोरङले इलामलाई ९ विकेटले पराजित गरेको छ । लगातार दुई खेलमा जित हात पार्दै ४ अंक जोडेको मोरङ शिर्ष […]

हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार : मुख्यमन्त्री कार्की

विराटनगर १८ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले आज विराटनगरमा पत्रकारहरूसँग सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभएको हो । उहाँले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा […]

पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानास्थित पर्डु विश्वविद्यालयबीच सम्झौता

विराटनगर १८ चैत । पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानामा रहेको पर्डु विश्वविद्यालयबीच अनुसन्धान, आविष्कार, सिकाइ र शिक्षण बिधिहरुको बारेमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित डिनको कार्यालयमा आज पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजुकमार थपलिया र पर्डु विश्वविद्यालय अमेरिकाका कार्यक्रम निर्देशक डा. रमेश न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । दुई विश्वविद्यालयबीच […]