उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव निर्वाचित

विराटनगर ४ चैत । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी लगायत ९ दलीय गठबन्धनमा सहमति नजुटेपछि गठबन्धनबाटै यादव र जनमत पार्टीकी ममता झा गरेर दुइजना उम्मेदवार रहेका थिए । उता प्रतिपक्षी नेकपा […]

विराटनगरमा तीन दिने नेपाल–भारत साहित्य महोत्सव सुरु

विराटनगर ४ चैत । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य एकाडेमीको संयुक्त आयोजनामा आजदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ । होत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ […]

युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट, युएई ९ रनले पराजित

काठमाण्डौं, २ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो । यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ । युएईले दिएको ३ सय ११ […]

उपराष्ट्रपति चुनावअघि दलहरुको बैठक बोलाउन रोक

विराटनगर २ चैत । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तक्र्रिया र सभा समारोह नगर्न आग्रह गरेको छ । निर्वाचन हुने भन्दा अघिल्लो दिन आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि […]

डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँले बढायो

विराटनगर १ चैत । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताउनुभयो । बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले बताए । अब डीडीसीको […]