विराटनगर, १६ वैशाख । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण एवं कार्यक्रम सञ्चालनको समन्वय गरेको जनाएको छ । केन्द्रद्वारा आज विराटनगमा आयोजित शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु र प्रगति तथा विविध किसिमका शैक्षिक सूचनाहरु सरोकारवालाहरुलाई सुसूचित गर्ने कोशी प्रदेशस्तरीय पत्रकार भेटघाट कार्यक्रम निर्देशक सुरेश जोशीले […]
विराटनगर, १६ वैशाख । उच्च अदालत विराटनगर बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ । सर्वाेच्च अदालतमा लामो समयसम्म प्रधानन्यायाधीश नियुक्त हुन नसक्दा न्याय क्षेत्र प्रभावित बनिरहेको बारको ठहर छ । उच्च अदालत विराटनगर बार एशोसिएशनका सचिव विनोदकुमार तिमल्सिनाद्वारा आज जारी गरिएको विज्ञप्तिमा सर्वाेच्चको नेतृत्वविहीनताले समग्र न्यायालय प्रभावित बनिरहेको, न्यायका उपभोक्ताले […]
विराटनगर, १६ वैशाख । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हाँसिल गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याँङ्कन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । नेपालले २०१५ मै दिगो विकास लक्ष्य, […]
विराटनगर १४ वैशाख । विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउने भएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको प्रमुख नागेश कोइरालाले बताउनुभयो । अभियानलाई सफा बनाउन बिहीबार महानगरले सरोकारवालासित अन्तरक्रिया गरेको छ । […]
विराटनगर १४ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले समग्र अर्थतन्त्रलाई चलायमान हुने कोणबाट आगामी बजेटबाट निर्णय गरिने बताउनु भएको छ । राजश्व परामर्श समिति , मोरङ व्यापार सङ्घ र उद्योग संगठन मोरङद्वारा आज विराटनगरमा आयोजित आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट एवं राजश्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले वर्तमान […]