स्थानिय तहको निर्वाचनमा मेयरको उमेदवार बन्न प्रदेश १ का दुई जना सांसदद्धारा राजीनामा

विराटनगर, ११ वैशाख । स्थानिय तहको निर्वाचनमा मेयरको उमेदवार बन्न प्रदेश १ का दुई जना सांसदले राजीनामा दिएका छन् । आइतबार प्रदेश १ को प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीसमक्ष सांसदहरू काजीमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएको प्रदेशसभा सचिवालयले जनाएको छ । कागते इलाम क्षेत्रनम्बर १ (ख)बाट निर्वाचित सांसद हुनुहुन्छ भने बुढाथोकी झापा क्षेत्रनम्बर १ […]

एमालेबाट सुन्दहरैचाको मेयरमा गुरागाई र उपमेयरमा चौधरी उम्मेदवार

विराटनगर, ११ वैशाख । नेकपा एमालेले मोरङको सुन्दहरैचा नगरपालिकाको मेयरमा केदार गुरागाई र उपमेयरमा अकली चौधरीले उम्मेदवारी दिने भएका छन् । मेयरमा गुरागाई र उपमेयरमा चौधरीको नाम फाईनल भएको एमाले प्रदेश कमिटीले जनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले उपमेयरमा विजयी हासिल गरेको थियो ।

एमालेबाट मिक्लाजुङको अध्यक्षमा ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मेदवार

विराटनगर, ११ वैशाख । नेकपा एमालेले मोरङको मिक्लाजुङको उम्मेदवार टुङ्याएको छ । अध्यक्षमा नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मेदवार हुने एमाले प्रदेश कमिटीले जनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हासिल गरेको थियो ।

मोरङको पथरीमा एमालेबाट तुम्बापो र काफ्ले

विराटनगर, । आगमी वैशाख ३० गते हुने निर्वाचनका लागि नेकपा एमालले मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट मोहन तुम्बापो लाई मेयर र देबी माया काफ्लेलाई उपमेयरमा उठाउने निर्णय गरेको छ । एमाले मोरङ जिल्ला कमिटीको सिफारिसमा एमालेको प्रदेश १ समितिले उक्त निर्णय गरेको हो ।

एमालेबाट उर्लाबारीको मेयरमा खरेल र उपमेयरमा पौडेलले उम्मेदवारी दिने

विराटनगर, १० वैशाख । नेकपा एमालेबाट उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेलले उम्मेदवारी दिनु हुने भएको छ । नगरको उपमेयरमा मीना पौडेलको नाम फाईनल भएको एक नेताले जानकारी दिए । उर्लाबारी नगरपालिकाको वडा नम्वर १ बाट तिलक पाण्डे, २ बाट इन्द्र दाहाल, ३ बाट भिष्म बुढाथोकी, ४ बाट लक्ष्मीनारायण धिमाल, ५ बाट रविन लामा, ६ बाट […]