प्रदेश १ का सांसदहरुको सपथ ग्रहण पुस ११ गते

विराटनगर, ५ पुस । प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदको शपथ ११ पुस सोमबार हुने भएको छ। प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयले छलफल गरी शपथको मिति तोकेको हो।  प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार मध्याह्न १२ बजे नवनिर्वाचित ज्येष्ठ प्रदेश सांसद ७९ वर्षीय गयानन्द मण्डललाई शपथ ग्रहण गराउने समय निर्धारण गरिएको छ। त्यसपछि नवनिर्वाचित सम्पूर्ण […]

जनताको आवश्यकता र चाहना अनुसार काम सकेनौं : मुख्यमन्त्री राई

विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको चाहना हुँदाहुँदै पनि जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन […]

विराट एक्स्पो : रोजगार पेभिलियनमा आकर्षण

विराटनगर, पुस ४ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका […]

बालिकालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

विराटनगर, ४ पुस । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट गयराति २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङ रहेका छन् । उनीहरुले सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिकालाई बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी […]

तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी र चिकित्सक आन्दोलित

विराटनगर, ३ पुस । समयमा तलब नपाएपछि विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना कर्मचारीहरूले तलब माग्दै आन्दोलन थालेका हुन् । उनीहरुले आज बिहान एक घण्टा अस्पताल प्रशासन अगासड धर्ना दिए । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म ओपीडी सेवा बन्द रहयो […]