विराटनगर ३० असार । नेकपा एमालेको सचिवालय बैठक (शनिवार) आज बस्दै छ । केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको केन्द्रीय कार्यालय बैठकले एजेण्डा तय गरेको हो । नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा […]
विराटनगर ३० असार । एमाले मोरङको सचिवको जिम्मेवारी त्यागेको झण्डै ७ महिना पछि रुपेश खतिवडाले एमालेमै रहेर सक्रिय राजनीति गर्ने मनस्थिति बनाएका छन् । पार्टी नेतृत्वले आफ्नो मनसायलाई कसरी विश्लेषण गर्छ त्यसको पर्खाइमा उनी छन् । जीवनको उर्जाशिल समय एमालेमै विताएकाले अन्य तर्फ सोच्न नसकिएको उनको निश्कर्ष छ । गत मंसिरमा भएको प्रदेशसभाको निर्वाचनको समयमा […]
विराटनगर, २८ असार । कोशी प्रदेशमा कुल ३६ दशमलव ६७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्षको तुलनामा कोशीमा ४ दशमलव ७१ प्रतिशत बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका अनुसार तराईका जिल्लामा झापामा सवै भन्दा बढी ४८ प्रतिशत रोपाइँ भएको छ । मोरङमा ३५ प्रतिशत, सुनसरीमा ३१ प्रतिशत रोपाइँ […]
विराटनगर, २८ असार । विराटनगर महानगरपालिकाले २०७९ सालको एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरेको छ । आज महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा महानगरका प्रमुख नागेश कोइरालाले सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुभयो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई महानगरका मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समिति संयोजक काजीबहादुर बस्नेत, […]
विराटनगर २७ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले मोरङमा ६ महिनाको अवधिमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको विवरण मङ्गलवार सार्वजनिक गरेको छ । इन्सेक मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा सन् २०२३ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ९५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको छ । ६ […]