विराटनगर, चैत २८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानूनका विद्यार्थीहरु सामाजिक इन्जिनियर (सोसियल इन्जिनियर) भएको बताउनु भएको छ । आज विराटनगर स्थित ब्राइट भिजन ल कलेजको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो […]
विराटनगर २८ चैत । अन्तर सरकारी वित्त परिषद्मा कोशी प्रदेशबाट दुई जनप्रतिनिधिलाई मनोनित गरिएको छ । कोशी प्रदेश सरकारले तेहृथुमको म्याङलुङ नगरपालिकाबा प्रमुख संजयकुमार तुम्वाहाङ्फे र मोरङको ग्रामथान गाउँपालिका उपप्रमुख गुणावती देवी थारुलाई मनोनित गरेको हो । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार नेपाल सरकारका अर्थमन्त्रीको संयोजकत्वमा परिषद् गठन हुने व्यवस्था रहेको छ । […]
विराटनगर २७ चैत । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगर सभाको निर्णयअनुसार महानगर क्षेत्रभित्र वैशाख १ गतेदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । ध्वनि […]
विराटनगर, २७ चैत । कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माण कार्यक्रम अन्तर्गत आईतबार एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक माामिला तथा कानुन मन्त्रालय र स्थानीयतह बीच सम्झौताभएको छ । जसमा झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवन लगायत […]
विराटनगर २६ चैत । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई पुनः नामकरणको मागसहित पत्र बुझाएका छन् । ५ वटा जातीय संस्थाहरूसहित आन्दोलन गरिरहेका विभिन्न संगठनहरूले चाँडै प्रदेशको पुनः नामकरण माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । कोशी नामकरणविरुद्ध आन्दोलन गर्दै संस्थाहरू किराँत राई यायोख्खा, किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासङ, नेपाल […]