बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर १८ मंसिर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न निर्देशन दिनु भएको छ । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गर्नुभएको हो । “अब बजेट कायान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बाहना छैन् । बजेट […]

नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझीसहित ९ जनालाई थुनामुक्त नगर्न उच्च अदालत पाटनको आदेश

विराटनगर १५ मंसिर । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामुक्त नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । त्यस्तै, […]

सामाजिक कार्यमा लायन्स क्लवको योगदान महत्वपूर्ण : प्रदेश प्रमुख खापुङ्ग

विराटनगर १५ मंसिर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले लायन्स क्लवले सामाजिक कार्यमा मुलुकमा ठूलो योगदान गरेको बताउनु भएको छ । लायन्स क्लव विराटनगर युनाइटेडको १३ औं पदस्थापना एवं सम्मान कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै क्लव सेवा भावनाले प्रेरित रहेको छ र यसले जाजरकोट र रुकुम क्षेत्रमा भुकम्प पीडितहरुलाई पुर्याएको सहयोगको प्रशंसा गर्नु भयो […]

कृषकका समस्या समाधान गर्छु : मुख्यमन्त्री कार्की

विराटनगर १४ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दुध उत्पादक कृषकका समस्या समाधान गर्ने बताउनु भएको छ । नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशनको ३४ औं स्थापना दिवसमा अवसरमा आज यहाँ आयोजित दुध तथा दुधजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्प सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले कृषकहरुले लिखित रुपमा उपलव्ध […]

सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नियन्त्रणमा महानगरको अनुगमन

विराटनगर १४ मंसिर । सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउन महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमनलाई तीव्र पारेको हो । सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन […]