सामाजिक कार्यमा लायन्स क्लवको योगदान महत्वपूर्ण : प्रदेश प्रमुख खापुङ्ग

विराटनगर १५ मंसिर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले लायन्स क्लवले सामाजिक कार्यमा मुलुकमा ठूलो योगदान गरेको बताउनु भएको छ ।

लायन्स क्लव विराटनगर युनाइटेडको १३ औं पदस्थापना एवं सम्मान कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै क्लव सेवा भावनाले प्रेरित रहेको छ र यसले जाजरकोट र रुकुम क्षेत्रमा भुकम्प पीडितहरुलाई पुर्याएको सहयोगको प्रशंसा गर्नु भयो ।

प्रदेश प्रमुख खापुङ्गले सेवाको भावनाले समाज कल्याण गर्न लाग्नु भएका सम्पूर्ण पदाधिकारीहरुलाई थप प्रेरणा मिलोस भनि शुभकामना दिनु भयो ।
प्रदेशका विना विभागिय मन्त्री कमलप्रसाद जवेगुले क्लव सेवाको आवश्यक्ता भएको नागरिकहरुलाई खाद्य सामाग्री, न्यानो कपडा, शैक्षिक सामाग्री लगायतका विभिन्न सहयोग प्रदान गर्ने अनुशासित संस्था भएको बताउनु भयो ।

क्लवका अध्यक्ष टिका सिवाकोटी,पूर्व मन्त्री जीवन घिमिरे र जिल्ला सभापति विजयहरि शर्मा लगायतले क्लवले समाजले भूकम्प पीडित, सितलहरबाट नागरिकलाई जोगाउन ,जेष्ठ नागरिक र विद्यार्थीहरुलाई प्रदान गरिएको सहयोग लगायतका विषयमा चर्चा गर्नु भयो ।

सो अवसरमा लायन्स यूनाइटेडका नव पदाधिकारी एवं पूर्व गर्भनरहरुलाई सम्मान गरिएको थियो ।