विराटनगर २८ बैशाख । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासको लागि सबैदलहरुलाई साथमा लिएर हिड्ने बताउनु भएको छ । मुख्यमन्त्री पदको शपथ ग्रहण पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकोले सबैदलसँग सहकार्य गरि आगाडि वढ्ने र यसका लागि प्रयास जारी रहने प्रष्ट पार्नु भयो । […]
विराटनगर २७ वैशाख । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त हुनु भएको छ । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त हुनु भएको हो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि बुधबार आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्नु भउको […]
विराटनगर २७ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि बुधबार राती आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्नु भएको हो । […]
विराटनगर २७ वैशाख । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गर्नु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले तीन दिनको समय दिएर मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नु भएको हो । […]
विराटनगर ,बैशाख २६ । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु बढेकोले उक्त कार्य नियन्त्रण गर्न र दोषी पत्ता लगाई कार्वाहीको माग राख्दै जिल्ला सहकारी संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका जिल्ला अध्यक्ष डा.डिल्ली पोखरेल नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई […]