विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगर २६ असार । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल […]

चतराधामको वृहत विकास गर्छौ : मुख्यमन्त्री कार्की

विराटनगर २५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको वृहत विकास गरिने बताउनु भएको छ । वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले २०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरुलाई आज विराटनगरमा सम्मान एवं प्रमाणपत्र […]

कोशीमा पूर्वमुख्यमन्त्रीहरुलाई गाडी सुविधा दिने अध्यादेश खारेज

विराटनगर २५ असार । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ खारेज गर्नुभएको छ । असार २० गतेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्नका लागि सिफारिस गरेको थियो । आज प्रदेश प्रमुख खापुङले अध्यादेश खारेजीको निर्णय गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । केदार कार्की नेतृत्वको सरकारले प्रदेशका पदाधिकारी तथा […]

विराटनगरमा धारिलो हतियार प्रहारगरि एक युवकको हत्या

विराटनगर २५ असार । विराटनगरमा धारिलो हतियार प्रहार गरि सोमबार राति एक जना युवकको हत्या गरिएको छ । दुई जना घाइते  भएका छन । घाइतेमध्ये एक जना १७ वर्षका किशोर छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटना विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक भएको हो । धारिलो हतियारले शरीरमा घोपेर मोरङको कटहरी गाउँपालिका–१ […]

खेलकुद प्रतियोगिताको रकम कोशी प्रदेश खेलकुद विकास बोर्डले भुक्तान दिएन

विराटनगर २५ असार । कोशी प्रदेशमा आयोजना भएका विभिन्न खेलकुद प्रतियोगिताको रकम प्रदेश खेलकुद विकास बोर्डले भुक्तान गर्न नसक्दा आयोजक मर्कामा पर्ने भएका छन् । विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतदेखि पदाधिकारीहरुले रोकिएको बजेट उपलब्ध गराउने बताउँदै आएपनि उपलब्ध हुन नसकेको उनीहरुको गुनासो छ । कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईका […]