विराटनगर ७ वैशाख । विराटनगर–३ दूधफारम पूर्व विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको […]
विराटनगर ६ वैशाख । विवाहको लागि वर्तमान समयमा अध्याधिक खर्च लाग्ने कार्यलाई न्यूनिकरण गरी समाजमा जनचेतना जागृत गराउन आज विराटनगरमा १५ जना आदिवासी समुदायका युवायुवतीको सामुहिक विवाद बन्धनमा वाँधिएका छन् । माहेश्वरी महिला मञ्च विराटनगरले विगत छ महिनाको अथक प्रयास पछि मोरङ र झापाका सन्थान, राजवंशी र मण्डल समुदायका १५ जनाको विराटनगरस्थित अतिथि सदनमा आज […]
विराटनगर ५ वैशाख । विराटनगरमा आज दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ । झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बन्यो । रामनवमीको अवसरमा हिन्दु सम्राट नेपालले निकालेको र्याली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो । विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट हिन्दु सम्राट नेपालका मोरङ अध्यक्ष बलराम यादवको नेतृत्वमा सवारीसाधनसहितको र्याली […]
विराटनगर ५ वैशाख । आज रामनवमी । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । सरकारी विदा पनि छ आज । यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ । राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । […]
विराटनगर ४ वैशाख । समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानूनको कार्यान्वयन आवश्यक रहेको सहभागीहरुले बताउनु भएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले तीन तहको सरकारले महिला सम्बन्धी कानून कार्यान्वयनको आवश्यक अनुगमनको व्यवस्था गरेमात्र समाजमा हिंसाको […]