माेरङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

विराटनगर २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माेरङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत भीष्म प्रसाइँले कार्यालयकाे उद्घाटन गर्नुभयाे । कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, माेरङ प्रहरी प्रमुख एसपी कबित कट्वाल, प्रदेश निर्वाचन अधिकारी चाेलाराज दंगाल लगायकाे उपस्थिति रहेकाे थियाे । […]

फागुन २१ को निर्वाचन रोक्न माग गर्दै सर्वाेच्चमा रिट

विराटनगर २९ पुस । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको  छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मंगलबार सर्वाेच्च अदालत पुगेर निर्वाचन कार्यतालिका र माघ ६ गतेदेखि सुरु हुन लागेको प्रत्यक्षतर्फको मनोनयन दर्ता लगायतका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका […]

समानुपातिकको बन्द सूचीबाट १८ दलका १६४ जनाद्धारा उम्मेदवारी फिर्ता

विराटनगर २९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ पेश गरिएका बन्दसूचीबाट विभिन्न १८ दलबाट १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार सोमबार विभिन्न राजनीतिक दलका जम्मा १६४ जना उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । फिर्ता लिने दलमध्ये लोकतान्त्रिक समाजवादी […]

निर्वाचनमा डिजिटल ‘प्लेटफर्म’हरु प्रमुख चुनौती : निर्वाचन आयोग

विराटनगर २८ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भौतिकसँगै डिजिटल ‘प्लेटफर्म’हरु प्रमुख चुनौतीको रुपमा देखिएको छ । निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख माध्यम बनिरहेका बेला यसपटकको निर्वाचनमा ती सञ्जालबाट फैलाइने मिथ्या सूचनाले पनि निर्वाचनमा असर पार्न सक्ने निर्वाचन आयोगको निश्कर्ष छ । भौगोलिकसँगै सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह […]

बन्दसूचीमा नाम भएका व्यक्तिहरुले फिर्ता लिन चाहे निवेदन दिन आयोगको आग्रह

विराटनगर २७ पुस । निर्वाचन आयोगले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा नाम भएका व्यक्तिहरुले फिर्ता लिन चाहे निवेदन दिन आग्रह गरेको छ । आयोगले आइतबार सूचना प्रकाशित गर्दै २८ गते आयोगमा पुगेर फिर्ता लिन आग्रह गरेको छ । ‘बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता […]