माेरङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

विराटनगर २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माेरङमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत भीष्म प्रसाइँले कार्यालयकाे उद्घाटन गर्नुभयाे ।

कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, माेरङ प्रहरी प्रमुख एसपी कबित कट्वाल, प्रदेश निर्वाचन अधिकारी चाेलाराज दंगाल लगायकाे उपस्थिति रहेकाे थियाे । उहाँका अनुशार माेरङका अन्य क्षेत्रमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिदैछ ।

आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा  निर्वाचन अधिकृत कार्यालय स्थापना शुरू भएकाे छ ।

जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछन् ।