विराटनगर ७ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिक राजधानीको रुपमा विराटनगरलाई पुनःस्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
नेपाली कांग्रेसको तर्फवाट मोरङ क्षेत्र न ६ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनु भएको उहाँले आज विराटनगर १२ मा कोणसभा तथा घरदैलो कार्यक्रम गिरिजाप्रसाद कोइरालाको पालामा नेपालको राजनीतिक राजधानीको रुपमा रहेको विराटनगरको शाखलाई पुन स्थापित गर्ने वताउनुभयो ।
गिरिजावावुको पालामा नेपालको राष्ट्रिय राजनीतिमा गरिने प्राय निर्णय विराटनगरवाट हुने गरेकोमा त्यसलाई स्थापित गर्न आफु लागेको उहाको भनाई थियो ।
विराटनगरलाई प्रमुख औद्योगिक नगर र राजनीतिक राजधानीको रुपमा स्थापितगर्ने अठोट आफुले लिएको उहाले वताउनुभयो ।