विराटनगर १७ माघ । आगामी फागुन ६ गतेदेखि मोरङको सुन्दरहरैचामा नेपाल स्काउटको संयुक्त ट्रेनिङ क्याम्प संचालन हुने भएको छ । मोरङका सुन्दरहरैँचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, केराबारी, लेटाङका स्थानीय स्काउट तदर्थ समितिहरुको संयुक्त आयोजनामा ३ रात ४ दिनको क्याम्प संचालन हुन लागेको हो । संयुक्त ट्रेनिङ क्याम्प मूल समारोह समितिका संयोजक बादल देवानले आज विज्ञप्ति जारी […]
विराटनगर, १४ माघ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल ( मानव अधिकार एलाईन्स) को प्रदेश १ को अध्यक्षमा सरिता खनाल निर्वाचित हुनु भएको छ । एलाईन्सको आज विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले खनालको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा खगेन्द्र पोखरेल, सचिवमा कविता बास्तोला, सहसचिवमा श्री रामसिंह राई, सदस्यहरुमा […]
विराटनगर ११ पुस । मानव बेचविखन नियन्त्रणका लागि सामुहिक प्रयासको आवस्यकता रहेको सरोकारवालाहरुले जोड दिएका छन् । तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन नियन्त्रण गर्न सकिने उनीहरुको भनाई छ । माईती नेपालको नगर परियोजना सल्लाहकार समिति वैठकमा विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको […]
विराटनगर ५ पुस । माईती नेपाल विराटनगरले मानव बेचविखन नियन्त्रणका लागि सरोकारवालासँग आज अन्तरक्रिया कार्यक्रम गरेको छ । विराटनगरमा रहेको विभिन्न संघ सस्था, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, कानुन व्यवसायी लगायतको सहभागितामा मानव वेचविखन र यसको वर्तमान अवस्था, प्रभावहरु र सरोवालाहरुसँगको सहकार्य र समन्वयको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले […]
विराटनगर १८ मंसिर । ३१ औं अन्र्तराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा विराटनगरमा ७ जनालाई व्हील चेयर वितरण गरिएको छ । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत ७ जना व्यक्तिहरुलाई व्हील चेयर वितरण गरिएको हो । व्हील चेयर वितरण कार्यक्रममा विराटनगर महानगरपालिका उपसचिव दुर्गाप्रसाद खतिवडा व्हील चेयर सहयोग गर्ने बाल अपाङ्गता टेवा संस्था अध्यक्ष डेन्डी शेर्पा, विराटनगर […]