विराटनगर ८ मा रमणीय पार्कको शिलान्यास, ८४ वर्षीय अज्र्यालको अग्रसरता

विराटनगर १५ जेठ । विराटनगर ८ बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ । विराटेश्वर बृद्धाआश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अज्र्यालले पार्क निर्माण गर्न लाग्नु भएको हो । २ विगाहा आठ कठ्ठा जमिनमा पार्क बनाउन लागिएको हो । पार्कको १८ औं गणतन्त्र दिवसको अवसर पारेर आज शिलान्यास गरिएको छ । पार्कको विराटनगर महानगरपालिका वडा नं. […]

पूर्वमन्त्री पण्डितलाई पत्नी शाेक

विराटनगर १५ जेठ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबाबु पण्डितलाई पत्नी शाेक परेकाे छ । माेरङ ६ का पूर्व प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पण्डितकी पत्नी  विमला महतको वुधबार राती १२:४५ बजे निधन भएको हाे । ६० बर्षीया महत मायसाइटिस रोगबाट पीडित हुनुहुन्थ्यो । एमाले विराटनगर महानगर कमिटी पूर्व सदस्य समेत रहनु भएकी […]

मुलुकका हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ : नेता डा कोइराला

विराटनगर १३ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनु जरुरी रहेको बताउनु भएको छ । जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले राजनीतिक दलहरुले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्नेमा जोड दिनु भयो । नेता डा […]

विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण

विराटनगर १३ जेठ । विराटनगरका दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको छ । विराटनगर महानगरपालिकासँगको सहकार्यमा भुल्केदेवी मिडिया प्रालिको आयोजनामा विराटनगर ८ को महेन्द्र मावि र विराटनगर ११ को जनपथ माविका विद्यार्थीलाई साईबर सुरक्षा सम्वन्धी अभिमुखीकरण दिईएको हो । विराटनगर ८ को महेन्द्र माविमा सोमबार आयोजित कार्यक्रममा महानगर प्रमुख नागेश कोइरालाले विद्यार्थीका […]

मानगढ खानेपानीको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित

विराटनगर १२ जेठ । मानगढ खानेपानी आयोजना व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा लालमणि भट्टराई निर्वाचित हुनु भएको छ । नेकपा एमाले संस्थापन पक्ष र नेपाली कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमाले बिद्रोही समूहबाट भट्टराई अध्यक्षमा निर्वाचित हुनु भएको हो । आज विहान घोषित अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार भट्टराईले १ हजार ८८९ मत प्राप्त […]