हिट एक्सन प्लान मस्यौदा हस्तान्तरण

विराटनगर १६ साउन । तराई क्षेत्रमा वढद् तापमानको लहरले मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असर न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले विराटनगर महानगरपालिकालाई हिट एक्सन प्लानको मस्यौदा प्रतिवेदन आज हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोधकुमार सिंहले विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएको मस्यौदा प्रतिवदेन विराटनगर महानगरका प्रमुख नागेश कोइरालालाई आज […]

कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकारका घटनामा ४ सय १४ जना पीडित

विराटनगर १६ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले सन् २०२४ को दोस्रो त्रैमासिक (अप्रिल देखि जुनसम्म) को अवधिको मानव अधिकार अवस्था आज सार्वजनिक सार्वजनिक गरेको छ । कोशी प्रदेशका १४ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिहरूबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा सन् २०२४ को अप्रिल १ देखि जुन ३० सम्म अर्थात् ०८० चैत १९ […]

लैङ्गिक हिंसापीडितको न्यायमा पहुँच अभिवृद्धि : नीति समिक्षा तथा सुझावहरू सम्बन्धि अन्तरक्रिया

विराटनगर १५ साउन । विराटनगरमा लैङ्गिक हिंसापीडितको न्यायमा पहुँच अभिवृद्धि : नीति समिक्षा तथा सुझावहरू सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । मंगलबार सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र जुरी नेपालको आयोजना तथा यु.एन.एफ.पि.ए.को सहयोग र सहकार्यमा कार्यक्रम भएको हो । लैङ्गिक हिंसा विरुद्धमा भएका मौजुदा कानुनको समिक्षा र कार्यान्वयनको अवस्थाको विषयमा अधिवक्ता मोहनलाल आचार्यले प्रतिवेदन […]

मोरङको जहदामा बाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास

विराटनगर १५ साउन । वाढीबाट नागरिकको जीउधनको सुरक्षाका लागि आज मोरङको जहदामा कृत्रिम घटना अभ्यास गरिएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ र विपद व्यवस्थापन समिति मोरङद्वारा वाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत मोरङको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रवर बोटवाट बाढीबाट डुवेका नागरिकको उद्धारको कृत्रिम अभ्यास गर्ने कार्य सम्पत्र गरिएको छ । […]

सहभागिता र प्रतिनिधित्वको अधिकारबारे नेत्रहिन यूवा संघ मोरङद्धारा सरोकारवालाको ध्यानाकर्षण

विराटनगर १५ साउन । नेत्रहिन यूवा संघ मोरङले राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र प्रतिनिधित्वको अधिकारबारे सरोकारवालाको ध्यानाकर्षण गराएको छ । राजनीतिक दलमा अपाङ्गता भएको व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणाली मार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न संघले माग गरेको छ […]