आज क्रिसमस डे

विराटनगर १० पुस । क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन । यस धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा अरेक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाइन्छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएको भनिएका येशु ख्रीष्टले […]

कोशी प्रदेशमा एक पालिका, एक सामुदायिक बीउ बैंकको व्यवस्था गर्न जोड

विराटनगर ९ पुस । कोशी प्रदेशमा एक पालिका, एक सामुदायिक बीउ बैंकको व्यवस्था गर्न सरोकारवालाहरुको जोड दिएका छन् । स्थानीय र रैथाने जातका बीउहरुको संरक्षणका लागि हरेक स्थानीय तहहरुमा बीउ बैंक आवस्यक भएको उनीहरुको भनाई छ । जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–वर्ड) पोखराको सहकार्य तथा कृषि विकास निर्देशनालय, कोशी प्रदेशसँगको समन्वयमा […]

एमाले मोरङ आन्दोलित, २२ जनवर्गीय संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

विराटनगर ९ पुस । नेकपा (एमाले) सम्बद्ध मोरङका विभिन्न २२ वटा जनवर्गीय संगठनहरूले वर्तमान सरकारका कदमहरू अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गतेको घटनापछि गठित सरकारले चालिरहेका कदमप्रति गम्भीर आपत्ति जनाइएको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले […]

अपाङ्गताका सवाललाई साझा मुद्धा बनाउन जोड

विराटनगर ९ पुस । अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई साझा मुद्धा बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । अन्तरसंस्था साझा मुद्धा बनाउनुपर्नेमा उनीहरुको जोड छ । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुका लागि गरिरहेको कार्य र आगामी दिन गर्न सकिने सहकार्यका विषयमा पुस ८ गते मंगलबार आयोजित बैठकमा सो कुरामा जोड दिईएको हो । बैठकमा […]

पञ्चायतकालिन नेता तथा पूर्व उपप्रधानमन्त्री मण्डलको निधन

विराटनगर, ८ पुस । पञ्चायतकालिन नेता तथा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको आज ८८ वर्षको उमेरमा निधन भएको छ । सामान्य अवस्थामै आज विहान नित्यकर्म सकेर ओछ्यानमा ढल्किएकै अवस्थामा उहाँको निधन भएको पारिवारिक श्रोतले बताएको छ । मोरङ जिल्लाको दक्षिण क्षेत्रमा रहेको साविकको मझारे गाउँ पञ्चायत वडा नं ३ को वडा सदस्यबाट आफनो राजनीतिक जीवन सुरु […]