विश्व रेडियोलोजी दिवसमा ११ जना सम्मानित

विराटनगर २३ कात्तिक । विश्व रेडियोलोजी दिवसका अवसरमा शनिबार बिहान विराटनगरमा प्रभातफेरी निकालिएको छ । नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशले प्रभातफेरी र सम्मान कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । सन् २०१२ देखि हरेक नोभेम्बर ८ का दिन अन्तर्राष्ट्रिय रूपमा ‘विश्व रेडियोलोजी दिवस’ मनाइँदै आएको छ । सोसाइटीले आयोजना गरेको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा […]

एमाले निर्वाचनबाट भाग्दैन, चुनाव हुने वातावरण सरकारले बनाउन सकेन : एमाले नेता अधिकारी

विराटनगर २१ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सरकारले चुनाव हुने वातावरण बनाउन नसकेको बताउनुभएको छ । एमाले निर्वाचनबाट नभाग्दै भन्दै उहाँले सरकार चुनाव गराउने गरि नलागेको आरोप लगाउनुभयो । प्रेस चौतारी मोरङले आज विहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले भन्नुभयो,‘ हामी चुनावबाट भाग्दैनौं । […]

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्दै

विराटनगर २० कात्तिक । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्न थालेका छन् । पछिल्लो समयमा एमालेका पार्टी गतिविधिले तिव्रता पाईरहेको अवस्थामा क्षेत्रीय कमिटीहरु पनि सक्रिय बन्न थालेका हन् । समन्वय कमिटीहरुले विभिन्न पार्टी गतिविधिलाई अगाडि बढाउन थालेको प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ४ (ख) का संयोजक मुकेश बुढाथोकीले जानकारी दिनुभयो । एमाले प्रदेश […]

उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता बढाउन वित्तीय श्रोत व्यवस्थापनबारे छलफल

विराटनगर २० कात्तिक । उद्योग प्रतिष्ठानहरुमा ऊर्जा दक्षता अभिवृद्धिका लागि संरचनागत परिवर्तन गर्दा आवश्यक पर्ने वित्तीय श्रोतको ब्यवस्थापनका सम्वन्धमा उद्योग संगठन मोरङको समन्वय, नेपाल बैकंर्स एशोसिएशन तथा जिआईजेट नेपालको आयोजनामा छलफल कार्यक्रम भएको छ । कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रले उर्जा दक्षता अभिवृद्धि गर्न संरचनागत परिवर्तन गर्नुपर्दा वैंक तथा वित्तीय क्षेत्रबाट लिनुपर्ने वित्तीय सहयोग र त्यसका […]

मोन्था चक्रवातका कारण कोशी प्रदेशमा धान र तरकारी बालिमा २ अर्बको क्षति

विराटनगर १९ कात्तिक । मोन्था चक्रवातका कारण यही कात्तिक १३ देखि १६ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरका अनुशार प्रदेशको १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २६७.२६ मेट्रिक टन धान […]