पूर्व नगर प्रमुख ढकालको पहलमा सुन्दरहरैचा नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

विराटनगर ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई आज कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० […]

मोरङ प्रशासनले भोलि देखि आंशिक सेवा शुरु गर्ने

विराटनगर ७ असोज । जेनजीको आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङले भोलि देखि आंशिक सेवा शुरु गर्ने भएको छ । मोरङ प्रशासनले बुधवार देखि नावालक परिचय पत्र, जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिस सम्बन्धी सेवा सञ्चालन सुचारु गर्ने सूचना मार्फत जानकारी दिएको छ । भदौ २३ र […]

बडादशैं आजबाट सुरु

विराटनगर ६ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षाेल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा […]

जीवन विकासको स्वयंसेवक दिवसमा १६० स्थानमा श्रमदान

विराटनगर ४ असोज । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो । जीवन विकासका १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले स्वयंसेवक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । […]

मोरङ प्रशासनलाई उद्योग बाणिज्य महासंघ कोशीद्धारा १० थान कम्प्युटर हस्तान्तरण

विराटनगर ५ असोज । गत भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा तोडफोड, लुटपाट तथा आगजनीबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङलाई नेपाल उद्योग बाणिज्य संघ कोशी प्रदेशले १० थान कम्प्युटर उपलब्ध गराएको छ । तोडफोड, आगजनी लुटपाटका कारण सेवाग्राहीका आधारभूत सेवाहरु समेत प्रवाह गर्न समस्या भईरहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको तर्फबाट अध्यक्ष […]