विराटनगर १३ माघ । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस कलेज अफ ल ले कानूनमा स्नातकोत्तर तहको अध्यापन शुरू गरेको छ । स्नातकोत्तर तहमा अध्ययनका लागि ७७ जनाले प्रवेश परीक्षा दिएका छन् । क्याम्पसले ५० जनालाई भर्ना गरी अध्यापन गर्ने डाइरेक्टर महेश प्रसाद निरौलाले जानकारी दिनुभयो । दुई वर्षे स्नातकोत्तर तहको कार्यक्रम सञ्चालका लागि धेरै अघिदेखि विद्यार्थीहरूबाट […]
विराटनगर १२ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धन सरकार तस्करी,कुशासन, भ्रष्टाचार नियन्त्रण गर्न निर्माण भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले हामी कालो बजारी, तस्करी , कमिशनतन्त्र नियन्त्रण गर्ने कार्यमा प्रभावकारी ढङ्गले कार्य गरिरहेको प्रष्ट पार्नु भयो । अर्थमन्त्री पौडेलले भन्नु भयो,‘ नेकपा एमाले र नेपाली कांग्रेसको […]
विराटनगर १२ माघ । प्रेस चौतारी मोरङको विराटनगरमा आज सम्पन्न ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा चीना थापालाई निर्वाचित गरेको छ । थापा प्रेस चौतारी मोरङको पहिलो महिला अध्यक्ष हुनु भएको छ । जिल्ला कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा […]
विराटनगर १२ माघ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताउनुभएको छ। आज प्रेस चौतारी मोरङकाे अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो पनि संवैधानिक व्यवस्था हो र यो जनतालाई राहत […]
विराटनगर १२ माघ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनका अवसरमा आज अरुण खवरका प्रधानसम्पादक विष्टलाई नगद २१ हजार राशी सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मानित गर्नुभएको हो । प्रेस चौतारी मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका […]