माओवादीले मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको छ : अध्यक्ष ओली

काठमाण्डौं ३० चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनु भएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो । मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको […]

सुनसरी र धनकुटामा दुर्घटना, ३ जनाको मृत्यु

विराटनगर, ३० फागुन । सुनसरी र धनकुटामा हिजो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १ जना गम्भीर घाइते भएका छन् । कोसी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित तालतलैया मोडमा राति ९ बजेतिर ट्रक र मोटरसाइकल ठोक्किएको थियो । उत्तरतर्फ जाँदै गरेको ना ६ ख १७२४ नम्बरको खाली ट्रक र दक्षिणतिर आउँदै गरेको बा […]

लैंगिक हिंसा निवारणका कार्यक्रमहरु तल्लो तह सम्म पुग्न आवस्यक : उपप्रमुख कार्की  

विराटनगर ३० चैत । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले लैंगिक हिंसा निवारणका लागि सञ्चालित कार्यक्रमहरु तल्लो तह सम्म पुग्न नसकेको बताउनुभएको छ । लक्षितवर्गका कार्यक्रमहरु संघ संस्था र पार्टी प्यालेसहरुमा केन्द्रित हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उहाँको भनाई छ । कार्यक्रमहरु तल्लो तह सम्म नपुगेसम्म कार्यक्रमको सफलता नदेखिने उहाँको भनाई छ । भिएसओसँगको […]

‘गल्स अन ब्हील’ प्रतियोगितामा थापा र ढकालको जोडी प्रथम

विराटनगर २९ फागुन । अन्तराष्ट्रिय महिला दिवशको अवसरमा पारेर विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ । विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा स्वेच्छा थापा र सावित्री ढकालको जोडी प्रथम भएका छन् । उनीहरुले एसि पाएका थिए । त्यस्तै मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् । […]

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा शपथ ग्रहण, निवर्तमान राष्ट्रपति भण्डारीको विदाई

विराटनगर २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ ग्रहण गर्नुभएको हो । उहाँलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनु भएको हो । रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । यसैवीच निवर्तमान राष्ट्रपति […]