विराटनगर, ५ जेठ । मोरङका ९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेस ५ र एमाले ४ पालिकामा विजयी भएको छ ।कांग्रेस बुढीगंगा, मिक्लाजुङ, कटहरी, जहदा, धनपालथानमा विजयी भएको छ । एमाले कानेपोखरी, लेटाङ, केराबारी र सुनबर्षीमा विजयी भएको छ ।(हेर्नुहोस् १७ वटै स्थानीय तहमा राजनीतिक दलले पाएको वडागत मत)
विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार नागेश कोइरालाले मतान्तरलाई फराकिलो बताउँदै लग्नु भएको छ । करिब ६२ हजार मत गणना भइसक्दा कोइराला र नेकपा एमालेबाट मेयरका उम्मेदवार सागर थापाबीचको मतान्तर ५ हजार पुगेको छ । त्यस्तै नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार शिल्पा कार्कीले पनि मतान्तर बढाउँदै लग्नु भएको छ । कार्की र जसपाबाट […]
विराटनगर, ४ वैशाख । मोरङका ६ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।बुधबार विहान सम्ममा एक नगरपालिका सहित ५ वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । एमालेले लेटाङ नगरपालिका, कानेपोखरी र केराबारी गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा विजयी हासिल गरेको छ ।नेपाली कांग्रेसले जहदा गाउँपालिकाको प्रमुख र उपप्रमुख, मिक्लाजुङको प्रमुख र कटहरीको प्रमुख […]
विराटनगर, ३ जेठ । मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षकी उम्मेदवार राजमति इङ्नाम ८ हजार ९७५ मत ल्याएर निर्वाचित भएकी हुन । उनले नेपाली कांग्रेसका सञ्जय भट्टराईलाई ३ हजार १२९ मतअन्तरले पराजित गरेकी हुन । भट्टराईले ५ हजार ८४६ मत ल्याएका छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै भोलाप्रसाद अधिकारी विजयी भएका […]
विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा तीनवटा मतगणनास्थल थप गरिएको छ । तीनवटा थप गर्दै नौवटाबाट गणना गर्न थालिएको हो । यसअघि छवटाबाट मात्रै हुँदा गणना केही सुस्तजस्तो देखिएको थियो । मतगणनालाई तीव्रता दिन गणनास्थल थप गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार केही सुस्तजस्तो देखिएको गणनाले […]