सरस्वती आधारभुत विद्यालयमा न्यानो कपडा वितरण

विराटनगर २६ पुस । नेपाल ग्रामीण सामुदायिक सेवा केन्द्र कटहरी–६ थलाहाले सरस्वती आधारभूत विद्यालयका एक सय भन्दा बढी बालबालिकाहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । कटहरी–६ स्थिति सरस्वती आधारभूत विद्यालयमा पुगेर संस्थाका अध्यक्ष पदमकुमार सरदारको नेतृत्वमा गएको टोलिले आज बालबालिकाहरुलाई कपडा वितरण गरेको हो । बाल बालिकाहरुलाई लक्षित गरेर सुईटर,टोपीलगायत जाडोको न्यानो कपडा वितरण […]

प्रदेश १ : राप्रपा बाहेकका दलका नेता भने–संघीयताको विकल्प खोज्ने बेला भएको छैन

विराटनगर २६ पुस । प्रदेश १ सभामा प्रतिनिधित्व गर्ने राप्रपा बाहेकका राजनीतिक दलका नेताहरुले संघीयताको विकल्प खोज्ने बेला नभएको बताएका छन् । संघीयताले देशलाई आर्थिक बोझ नथोपरेको उनीहरुको भनाई छ । दोश्रो प्रदेशसभाको प्रथम अधिवेशनको दोश्रो बैठकमा मंगलबार बोल्ने प्रदेशसभा सदस्यहरुले सो कुरा बताएका हुन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले […]

प्रदेश १ : सभामुखमा माओवादीका गौतमको एकल उम्मेदवारी

विराटनगर २६ पुस । प्रदेश १ सभाको सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । उनलाई नेकपा एकिकृतले पनि समर्थन गरेको छ । ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद गौतमको प्रस्तावकमा एमालेका रेवतीरमण भण्डारी रहेका छन् । समर्थकमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल […]

प्रदेश १ को चौथो मुख्यमन्त्री कार्की को हुन ?

विराटनगर २४ पुस । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेशसभाको सवैभन्दा ठुला दल नेकपा एमाले संसदीय दलका नेता समेत रहेका कार्की माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा आईतबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन । प्रदेश १ सरकारको संस्थापक आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका […]

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

विराटनगर २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनु भएको छ । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा खावी पेश गर्नुभएको हो । सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले दिएको एक साताको समय […]