विराटनगर, १० साउन । एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट कराँतेका दुई जना प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सुनसरीको इटहरी घर भएकी […]
विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकार अन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले महालेखा परीक्षकको […]
विराटनगर, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ । मुख्यमन्त्री राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न उसले माग गरेको हो । आजको प्रदेशसभा बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशको नामकरणको सन्दर्भमा मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको […]
विराटनगर, ९ साउन । प्रदेश १ मा कोभिड १९ विरुद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा खेर गएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरमा मौज्दात रहेको कोभिशिल्डको ११ हजार मात्रा खेर गएको हो । प्रदेश १ आपूर्ति व्यवस्थापन केन्द्रलाई असार अन्तिममा खोप आएकाले प्रयोग हुन नसकेको हो । केन्द्रका प्रमुख शम्भु साहले छोटो अवधिको […]
विराटनगर, ९ साउन । नेपाल टेलिकमले सडक खनेर छाडिदिएपछि कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगङ्गामा सवारी दुर्घटना बढिरहेको पाइएको छ । लोकमार्गको छ लेन उत्तर–दक्षिण सडकखण्डअन्तर्गत बूढीगङ्गा गाउँपालिकाको गङ्गा चोक र शान्ति चोकमा टेलिकमले तीन साताअघि सडक खनेर छाडिदिएको हो । च्याम्बर मर्मत गर्न भन्दै टेलिकमले सम्बन्धित निकायको अनुमति नलिइकन पश्चिमतर्फको सडक खनेर खाल्डा बनाइदिएको छ । […]