विराटनगर १४ जेठ । कोशी प्रदेशको नामकरण विरुद्ध प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । दोहोरो झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन । सुरक्षाकर्मीतर्फ ३८ र आन्दोलनकारीतर्फ १२ जना घाइते भएका हुन । प्रदेशसभा भवन अगाडी प्रदेशको नाम खारेजीको माग राख्दै प्रदर्शनमा उत्रिएका पहिचानवादी र प्रहरीवीच ढुङ्गामुढा हुँदा दुर्वतर्फका गरी […]
काठमाडौं १४ जेठ । कैलालीको टीकापुरमा दुई वर्षे बालकसहित ९ जना प्रहरी मारिएको घटनाका मुख्य दोषी रेशम चौधरीले आममाफी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिस अनुसार चौधरीको बाँकी कैद मिनाहा गर्दै आममाफी दिनुभएको हो । चौधरीसहित अन्य ४८२ जनाको कैद सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका […]
विराटनगर १३ जेठ । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको हो । प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन गर्दै आएका पहिचान समर्थकको आन्दोलन उग्र बन्ने शंकामा जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न ठाउँमा […]
विराटनगर १३ जेठ । सुनसरीको गढी गाउँपालिकाको वडा नंं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीलाई बालविवाह मुक्त वडा घोषणा गर्नु भएको थियो । प्रतिनिधिसभा सदस्य चौधरीले कानुनी रुपमा बालविवाह अपराध भएको बताउनुभयो । बालबालिकालाई सानैमा विवाह गरिदिने भन्दा पनि उनीहरुको सर्वाङ्गीण विकासका लागि शिक्षामा जोड […]
विराटनगर १२ जेठ । कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले नेपालमा कानुन निर्माण हुने तर, कार्यान्वयनमा ध्यान नदिने प्रवृतिका कारण मानव अधिकारको उचित सम्बोधन हुन नसकेको बताउनु भएको छ । द लुथरन वल्र्ड फेडेरेशन नेपालको सहयोगमा इन्सेक कोशी प्रदेश कार्यालयले जेठ १२ गते विराटनगरमा आयोजना गरेको मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(यूपीआर) को मध्यावधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया […]