सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २० चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।

जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै उहाँले महिलालाई स्वरोज, आयआर्जन, , वित्त व्यवसायी , वित्त साक्षरतमा बनाउने कार्यमा सहकारीले उल्लेखनीय कार्य गरेको विचार व्यक्त्त गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले महिलालाई सशक्तिकरण गर्न सहकारीको योगदानको चर्चा गर्दै यसवाट समाजमा परिवर्तन हुनुका साथै ग्रामीण तथा दुर्गम क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुगेको धारणा राख्नु भयो । उहाँले जनताको वचत राखिएको सहकारीमा अनयमिता गर्ने कार्यलाई निरुत्साहित आवश्यक नियमन गर्न आवश्यक कानून संशोधन गरि कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले सहकारीले प्रदेशको कृषि पशुपालन एवं साना तथा घरेलु उद्योग क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यक लगानी गरी मुलुकको समृद्धि र जनताको जीवनस्तर उठाउने कार्य गर्नुपर्नेमा जोड दिनु भयो ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सहकारीका सञ्चालकले कारोवार पारदर्शी ढङ्गले गर्नुपर्ने बताउदै यसका माध्यमवाट जनताको आर्थिक समृद्धि कायम गर्ने क्षेत्रमा लगानी गर्न सुझाव दिनु भयो । उहाँले प्रदेशमा सहकारी मैत्री वातावरण निर्माण गर्न सरकारको सहयोग रहने प्रतिवद्धता जनाउँदै यसको माध्यमबाट मुलुकको समृद्धि योगदान पुर्याउनुपर्नेमा जोड दिनु भयो ।

नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले लोकतन्त्रमा सहकारी फष्टाउने बताउँदै ग्रामीण क्षेत्रमा अर्थतन्त्र चलायमान गराउने यसको भूमिका महत्वपूर्ण रहेको विचार राख्नु भयो । आयोजक समितिका अध्यक्ष डा डिल्ली पोखरेल, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले मुलुकमा एक सय सहकारीको कारण समस्या यो क्षेत्र बदनाम भएकोले यसको समाधान राष्ट्रिय सहकारी ऐन कार्यान्वयन गर्नुपर्ने सुझाव दिनु भएका छन् ।

मोरङ जिल्लामा एक हजार ४० सहकारीमा चार लाख ४३ हजार सदस्य रहनुका साथै रु २९ अर्व कारोवार हुने गरेको छ । सोही अवसरमा मुख्यमन्त्री कार्कीले सहकारी अभियन्ताहरु , उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई प्रमाणपत्र प्रदान गर्नु भएको छ ।