विराटनगर २६ असार । कोसी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न चारवटा निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापना गर्ने निर्णय गरेको छ । लोकसेवा आयोगको परामर्शमा किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री प्रदीपकुमार सुनुवारले बताए । उनका अनुसार निजामती ऐन परिमार्जन […]
विराटनगर २४ असार । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ । विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक महानगरवासीको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिने बताउनुभयो । […]
विराटनगर २४ असार । कोशी प्रदेशका प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । सत्तारुढ माओवादीका २ र नेपाली कांग्रेसका एक जना थपेर मन्त्रिपरिषद् ६ सदस्यीय बनाउनु भएको छ । मन्त्रीमा नियुक्त तीन जनालाई प्रमुख परशुराम खापुङ्गले सपथ ग्रहण गराउनु भएको छ । मुख्यमन्त्री थापाको मन्त्रिपरिषद्मा आज नियुक्त भएका जीवन आचार्यलाई मात्रै विभागिय […]
विराटनगर २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्विकार गर्ने बताउनु भएको छ । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेकपा एमाले प्रदेश सरकार गठनका विरुद्धमा शुक्रबार सर्वोच्चमा हालेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्विकार गर्ने प्रष्ट पार्नु भयो । मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागु […]
विराटनगर २४ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधशी नियुक्ति छिट्टै हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले निर्वाचन, सरकार निर्माण र कानूनमन्त्री नियुक्त जस्ता विविध कारणले बैठक वस्न ढिलो भएको र अव चाडै न्यायाधीश नियुक्त हुने प्रष्ट पार्नु भयो । प्रधानन्यायाधीश कार्कीले न्यायपरिषदको संरचनामा केही परिवर्तनको आवश्यक्ता विषयमा विभिन्न कोणबाट […]