राष्ट्रिय सभा सदस्य निर्वाचन आज

विराटनगर ११ माघ । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार मतदान हुँदै छ । २०७४ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिन लाग्दा अर्काे छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ । अर्का एक जना मनोनीत हुने छन । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा सात प्रदेशमा १९ […]

मोरङको ग्रामथानका अध्यक्ष गच्छदार अस्पताल भर्ना

विराटनगर ११ माघ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारु अस्पताल भर्ना हुनु भएको छ । बुधबार साँझ इस्टर्न स्टार होटलमा अस्वस्थ भएपछि उहाँलाई पारस अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा गंभिर समस्या देखिएपछि उहाँलाई अहिले नोवेल अस्पताल विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भई रहेको ग्रामथानको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभयो । […]

स्वस्थानी व्रत आजदेखि सुरू

विराटनगर ११ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ […]

निर्वाचन आचारसंहिता विपरित गतिबिधि भएको विषयमा प्रतिवेदन पेश गर्न मोरङका सिडियोलाई आयोगको निर्देशन

विराटनगर १० माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अबधिमा कोशी प्रदेशमा निर्वाचन आचारसंहिता विपरित गतिबिधि भएको विषयमा प्रतिवेदन पेश गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्दै मौन अबधिमा विराटनगरमा दलहरुले भेला, चियापान र अन्य गतिबिधि गरेको विषयमा अनुगमन गरी त्यसबारे प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो […]

एभरेष्ट स्पोर्ट्स मिट सुरू: नर्सरीदेखी कक्षा १ सम्मका स्पर्धा सम्पन्न 

विराटनगर, १० माघ । विराटनगर–५ स्थित एभरेष्ट माध्यामिक विद्यालयमा मंगलबारदेखी सुरू भएको एभरेष्ट स्पोट्र्स मिट अन्तर्गत बुधबारसम्म नर्सरी देखि कक्षा १ सम्मका स्पर्धा सम्पन्न भएका छन । विद्यालयका प्रीन्सिपल टिकाराम पुरीले रिबन काटेर उद्घाटन गरेको प्रतियोगिता माघ १५ गते सम्पन्न हुनेछ । प्रतियोगिताको पहिलो दिन नर्सरी र कक्षा १ का विभिन्न स्पर्धा भएका छन्  । […]