साना किसान सिजुवाद्वारा व्यवस्थापन हस्तान्तरण

विराटनगर ८ मंसिर । साना किसान सहकारी संस्थाले व्यवस्थापन तथा दायित्व हस्तान्तरण सम्पन्न गरेको छ । मोरङको रतुवामाई नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड महादेवाको व्यवस्थापन हस्तान्तरण गरिएको छ । संस्थाको प्रवद्र्धकका रुपमा साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई–६ सिजुवाले रतुवामाई–३ को वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच साना किसान कृषि […]

कोशी प्रदेश : मतदाता नामावली दर्ताका लागि १ लाख ५७ हजारको निवेदन

विराटनगर ८ मंसिर । कोशी प्रदेशबाट १ लाख ५७ हजारले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । असोज १० देखि कात्तिक मसान्त र पछि थप गरिएको मंसिर ५ गते सम्मको अवधिमा कोशी प्रदेशका जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचय पत्रका आधारमा अनलाईन मार्फत गरि १ लाख ५७ हजार ६१३ जनाले मतदाता नामावली दर्ताका […]

बालबिवाह नियन्त्रणमा तीन वटै सरकार सम्वेदनशील हुनुपर्नेमा जोड

विराटनगर ७ मंसिर । बालविवाहले किशोरीको स्वास्थ्यमा उच्च जोखिम पर्ने हुनाले रोकथामका लागि तीन तहको सरकार सम्वेदनशील हुनु जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशद्वारा आज विराटनगरमा आयाजित बालबिवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धमा प्रादेशिक राष्ट्रिय जाँच वुझ परामर्श कार्यक्रममा सहभागीहरुले बालविवाहले किशोरीको अधिकार हनन् हुनुका साथै शैक्षिक क्षेत्रबाट […]

पहिले विद्यार्थी तानातान, अहिले नमूना विद्यालय

विराटनगर– विराटनगर १४ को जनता बाल आधारभूत विद्यालयले कक्षा सञ्चालनका लागि नजिकका निजी विद्यालयका विद्यार्थी जवरजस्ती ल्याएको भन्दै मुद्धा परिरहन्थ्यो । विद्यालयका प्रधानाध्यापकलाई पठन पाठन, विद्यालय प्रशासन सञ्चालन भन्दा पनि मुद्धा मामिलामा धाहिरहनु पथ्र्यो । सामुदायिक विद्यालयमा विद्यार्थी घट्ने, निजीमा बढ्ने क्रम थियो । सामुदायिक विद्यालय सञ्चालनका लागि निजीका विद्यार्थी ल्याएको आरोपमा विद्यालय विरुद्ध मुद्धा […]

महाधिवेशन प्रतिनिधि छनौटका लागि माेरङमा भाेलिदेखि निर्वाचन प्रकृया शुरू हुदै

विराटनगर, ७ मंसिर । नेकपा एमाले मोरङले पार्टीको ११ औ महाधिवेशनको प्रतिनिधि छनौटका लागि साेमबार ( भाेलि) देखि निर्वाचन प्रकृया शुरू गर्दै छ । महाधिवेशन प्रतिनिधि छनौटका लागि मंसिर ८ गते मतदाता नामावली प्रकाशन, ९ गते उम्मेदवार मनोनयन दर्ता, ११ गते विहान ११ः बजेसम्म मतदाता र उम्मेदवार उपर दावी बिरोध, सोही दिन दिउँसो १ बजे […]