नेपालको पोष्टमा उत्तर कोरियाको ११ गोल

विराटनगर २५ साउन । साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ । भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपाल ११–० ले पराजित भएको हो । योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। उत्तर कोरियाले ३ […]

कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार महेन्द्र विष्टलाई

विराटनगर २५ साउन । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरले पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई प्रदान गर्ने भएको छ । शनिबार बसेको प्रतिष्ठानको बैठकले कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार बिष्टलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि २१ हजार एकसय १५ रुपैयाँ नगद छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पत्रकारिताको […]

आज गाईजात्रा

विराटनगर २५ साउन । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज काठमाडौँ उपत्यकासहित देशभरविभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य […]

विद्युत व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली

विराटनगर २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत व्यापारमा नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब रुपैयाँ फाइदा गरेको बताउनुभयो । हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने […]

पूर्व राष्ट्रपति विद्या भण्डारी विराटनगर आउने

विराटनगर २४ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउनु हुने भएको छ । आगामी भदौ २ गते विराटनगर आउने तय भएको उहाँको सचिवालयले जनाएको छ । विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको बार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति भण्डारी आउन लाग्नु भएको हो । भण्डारीको सचिवालयका अनुशार बार्षिकोत्सव बाहेक अन्य औपचारिक कार्यक्रम नभए पनि अनौपचारिक भेटघाटको […]