श्रमिक वर्गको अधिकारका लागि निर्माण भएका ऐन कानून कार्यान्वयनका लागि प्रतिबद्ध छौं : मुख्यमन्त्री कार्की

विराटनगर १८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रमिक वर्गको अधिकारका लागि निर्माण भएका ऐन कानून पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनु भएको । १३४ औं विश्व मजदुर दिवसको अवसरमा आज विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीविमा शुभकामना सन्देश दिनुहुन्दै मुख्यमन्त्री कार्कीले सो प्रतिबद्धता जनाउनु भएको हो । सन्देशमा उहाँले भन्नुभएको छ ‘श्रमजीवीवर्गको अधिकार […]

निजामति ऐनमा ओविसीद्धारा आरक्षणको माग

विराटनगर १७ वैशाख । अखिल नेपाल पिछडा वर्ग महासंघ (ओविसी) जिल्ला कार्यालय मोरङले निजामति ऐनमा आफ्नो आरक्षणको माग गरेको छ । संघीय निजामती ऐनमा पिछडावर्गको आरक्षणको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज ज्ञापनपत्र पठाईएको छ । पिछडा वर्ग महासंघले संघीय र प्रदेश निजामती ऐनमा पिछडावर्गको आरक्षण कायम गर्नु पर्ने, राष्ट्रिय […]

पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर

विराटनगर १७ वैशाख । नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर वडा नम्बर १ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गर्नुभयो । उहाँले वडा नम्बर १ को शिक्षा र स्वास्थ्यमा पछाडि परेको स्थान छनौट गरेर […]

मोरङ कानेपोखरी गाउँपालिकाको केन्द्र सारिने

विराटनगर १७ वैशाख । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र सार्ने गाउँसभाले निर्णय गरेको छ । गाउँसभाको आज बसेको बैठकमा भएको मतदानमा २७ जनाले सार्ने पक्षमा मतदान गरेभने ६ जनाले यथास्थानमा राख्नुपर्ने पक्षमा मतदान गरेका थिए । पालिकाकी उअध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद […]

बाल पुस्तकालयको रक्तदान

विराटनगर १७ वैशाख । विराटनगर ८ को बाल पुस्तकालयले शनिबार गरेको रक्तदानमा २९ पिन्ट रगत संकलन भएको छ । विराटनगर महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा १९ महिला सहित २९ जनाले रक्तदान गरेको पुस्तकालय अध्यक्ष इन्द्रप्रसाद निरौलाले जानकारी दिनुभयो । पछिल्लो समय रगत अभाव भईरहेको अवस्थालाई दृष्टिगत गरि […]