विराटनगर २२ कात्तिक । काेशी प्रदेश सभा सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीले २७ औं पटक दण्डप्रणाम गर्दै छठको पूजाका लागि सिङ्घीया घाटतर्फ लाग्नु भएकाे छ ।
निराहार व्रत बस्पनु भएका पराजुली विराटनगर–३ ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरबाट आज बिहान १० वजे दण्ड प्रणाम गर्दै करिब ३ किमी दुरी पार गरेर सिङ्घीया घाटसम्म पुग्नुहुनेछ ।
दण्डप्रणाम यात्रापछि उहाँले आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर घाटमा रातभर जाग्राम बसी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्नु हुने छ । उहाँको दण्डप्रणाम यात्रामा भतिज प्रमिश पराजुलीले साथ दिनु भएकाे पराजुलीकाे सचिवालयले जनाएको छ ।