एसईई उत्तिर्ण विद्यार्थीलाई एभरेष्टको सम्मान

विराटनगर १५ असार । एसईई परिक्षा–२०८० मा उत्तिर्ण आफ्ना विद्यार्थीलाई विराटनगर–५ स्थित एभरेष्ट स्कुलले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । आज कञ्चनजङ्घा बैंक्वेटमा आयोजित एक समारोहमा विद्यालयका प्रिन्सिपल टिकाराम पुरी र विद्यालयका अध्यक्ष विनोद ढकालले माला र सम्मान पत्रले सम्मान गर्नुभएको हो । एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षामा भाग लिएका थिए । […]

धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गर्नुभएको छ । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताउनुभयो । २१ औंँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले […]

सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक

विराटनगर १५ असार । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । […]

काममा फर्किए कोशीका लेखा अधिकृतहरू

विराटनगर १४ असार । प्रदेश निजामती ऐन संशोधनको मागसहित ९ दिनदेखि काम छाडेर आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरू काममा फर्किएका छन् । असारको अन्तिममा ४ अर्बभन्दा बढी सरकारी भुक्तानी रोकिएपछि लेखा समूहका कर्मचारी काममा फर्किएका हुन् । काममा फर्किएका कर्मचारीको माग सम्बोधन भने भएको छैन । तर सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण काममा फर्किएको […]

सुनसरीको इटहरीमा ‘स्मार्ट छोरी परियोजना’ शुरु

विराटनगर १४ असार । सुनसरीको इटहरी उपमहानगरपालिका भित्रका सवै वडामा ‘स्मार्ट छोरी परियोजना’ शुरु गरिएको छ । सन् २०३० भित्रमा नेपाललाई बालविवाह मुक्त राष्ट्र घोषणा गर्ने अभियानलाई सफल बनाउन इटहरीका २० वटै वडाहरुमा ‘स्मार्ट छोरी परियोजना’ शुरु गरिएको यूवा विकास केन्द्र (वाईडीसी) का कार्यक्रम संयोजक नवल रिजालले जानकारी दिनुभयो । आज विराटनगरमा आयोजित बालविवाह न्युनीकरणका […]