मन्त्री राईलाई यातायात प्रमुखले भने, ‘यहाँबाट तपाई गइहाल्नुहोस’

विराटनगर २८ माघ । कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले आइतबार अनौपचारिक पोसाकमा सेवाग्राही बनेर यातायात कार्यालयको ट्रायल सेन्टर अनुगमन गर्न पुगे । टाउकोमा क्याप, अनुहारमा कालो चश्मा र मुखमा कालै मास्क लगाएका थिए । सेन्टर पुगेर उनले केही सेवाग्राहीसँग कुराकानी गरे । सचिवालयका कर्मचारीहरूले पनि औपचारिक पोसाक लगाएका थिएनन् । मन्त्री […]

कोशी प्रदेशस्तरीय पाँचौं आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि झापाले जित्यो

विराटनगर २८ माघ । झापाले कोशी प्रदेशस्तरीय पाँचौं आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटले मोरङको बेलबारीमा आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित झापाले उपाधि जितेको हो । प्रतियोगितामा सहभागी कोशी प्रदेशका ११ जिल्लामध्ये उपाधि रक्षा गर्न झापा सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण, […]

उदयपुर र सुनसरीमा जीवन विकासको नयाँ ट्युसन सेन्टर उद्घाटन

विराटनगर २८ माघ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले दुई वटा निशुल्क ट्युसन सेन्टर थप गरेको छ । उदयपुरको ताप्ली र सुनसरी दुहबीमा दुई वटा निशुल्क ट्युसन सेन्टर थप गरेको हो । उदयपुरको ताप्ली गाउँपालिका– ५ गहतेमा सञ्चालित निशुल्क बालबालिका अध्ययन केन्द्र ९ट्युसन सेन्टर ० को उद्घाटन शुक्रबार सोही वडाका वडाअध्यक्ष विष्णु श्रेष्ठ र लघुवित्तको […]

चेतना संरक्षण प्रतिष्ठानद्धारा सात जना व्यक्तित्वहरु पुरस्कृत

विराटनगर २७ माघ । चेतना संरक्षण प्रतिष्ठान नेपालले विभिन्न क्षेत्रका सात जना ब्यक्तित्वलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको १९ औ वार्षिकोत्सवका अवसरमा शनिबार विराटनगरमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा साहित्य, ललितकला, मानवीय धर्म संस्कृति, समाज सेवा, खेल, पत्रकारिता, र बाल प्रतिभामा पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले साहित्य क्षेत्रमा प्राडा दयाराम श्रेष्ठ, ललितकलातर्फ […]

मानव बेचबिखन तथा ओसारपसारको घटनाबाट पीडितको न्यायमा पहुँचको अवस्था कमजोर

विराटनगर २७ माघ । मानव बेचबिखन तथा ओसारपसारको घटनाबाट पीडित तथा प्रभावितको न्यायमा पहुँचको अवस्था कमजोर रहेको सरोकारवालाहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, माईती नेपाल र फ्रि अ गर्लको संयुक्त आयोजना विराटनगरमा भएको दुई दिने कार्यशालाको क्रममा सहभागीहरूले कानुनमा छिद्र रहेकाले संशोधन गरेर जानु पर्ने अवस्था रहेको बताएका छन् । […]