विराटनगर महानगरपालिकाद्धारा माईती नेपाल सहित तीन संस्था सम्मानित

विराटनगर २४ फागुन । ११४ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा विराटनगर महानगरपालिकाले माईती नेपाल सहित तीनवटा सामाजिक संस्थाहरुलाई सम्मानित गरेको छ । सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले आज संयुक्त रुपमा आयोजना गरेको सम्मान तथा अन्र्तरक्रिया कार्यक्रममा माईती नेपाल, एवीसी नेपाल र ओरेक नेपाललाई सम्मानित गरिएको हो । महिला मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेको […]

इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता : इलाम र मोरङ फाइनलमा प्रवेश

विराटनगर २३ फागुन । मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको बुधबारको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो […]

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली विजयी

विराटनगर २३ फागुन । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका   छन् । विराटनगर १९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित […]

नेपाली साहित्यकारको टोली बंगलादेशको राजधानी ढाकामा

विराटनगर २३ फागुन । बङ्गलादेशको प्रतिष्ठित शहर किशोरगन्जमा भोलि फागुन २४–२६ तदनुसार ७–९ मार्च २०२४ मा हुने अन्तर्राष्ट्रिय लय महोत्सवमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डल ढाका पुगेको छ । नेपाली प्रतिनिधि मण्डलमा नेपाली साहित्यकार तथा साँस्कृतिककर्मीको उपस्थिति रहेको छ । ७ सदस्यीय प्रतिनिधि मण्डलमा युवराज नयाँघरे, ऋषभदेव घिमिरे, राजेन्द्र गुरागाईं, मीनकुमार श्रेष्ठ (नवोदित) , राजेन्द्र […]

अबण्डा बजेटमा राजनीतिक रजाईं

चीना थापा विराटनगर २३ फागुन । सार्वजनिक विद्यालयमा भौतिक पूर्वाधार विकास, भवन निर्माण, शौचालय, खानेपानी, कम्पाउण्ड वाल, फर्निचर शिर्षकमा विराटनगर महानगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा ४० लाख रुपैयाँ अबण्डा राखेर खर्च गर्यो । महालेखापरीक्षक कार्यालयले यस्तो खर्चमा प्रश्न उठाएपछि महानगरले उक्त अबण्डालाई नगर कार्यपालिकाको निर्णय बमोजिम विभिन्न २० योजना तथा कार्यक्रममा खर्च गरेको जनायो । […]