
विराटनगर ११ माघ । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् ।
विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् ।
सदस्यहरुमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू, मर्जिना खातुन रहेका छन् । त्यस्तै प्रदेश पार्षदमा हरि अधिकारी, देवराज तामाङ, पवनकुमार साह, मौसम लिम्बूलगायत रहेका छन् ।
सम्मेलनका अवसरमा सहिद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बावुराम मुडियारी पुरस्कृत भएका छन् । मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएकोहो ।
पुरस्कृत भएका पत्रकार मुडियारी रेडियो नेपालमा कार्यरत छन् । यस्तै प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित पाँच जना पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पूर्व अध्यक्षहरु अमृत कुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र गोकुल पराजुलीलाई सम्मान गरेको हो ।