सबैक्षेत्रमा कानुनको पालना गरेमा संविधानको मर्म लागु हुने : प्रदेश प्रमुख खापुङ्ग

विराटनगर ११ माघ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज सातौँ वार्षिक प्रतिवेदन वुझाएको छ ।

प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरका आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले मुख्य न्यायाधिवक्तो काम, कर्तव्य,अधिकार र सेवाका सर्त सम्बन्धी ऐन २०७५ को दफा १२ को उपदफा (१) बमोजिम कार्यालयको आर्थिक वर्ष २०८०/८१ का सातौँ वार्षिक प्रदेश हस्तान्तरण गर्नु भएको छ ।

प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै कार्यालयले प्रदेशमा सरकारकोतर्फबाट कानुनहरुलाई नियमित रुपमा लागु गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै आइरहेको बताउनु भयो । उहाँले न्यायाधिवक्ताको कार्यालय समुदाय र पालिकाका हुने न्यायिक समितिहरुलाई कानुनी रुपमा सुदृण गर्दै आइरहेको विचार राख्नु भयो । प्रदेश प्रमुख खापुङ्गले सबै क्षेत्रमा कानुनको पालना गरेमा संविधानको मर्म लागु हुने विचार राख्नु भयो ।

मुख्य न्यायाधिवक्ता बस्तिले कार्यालयले प्रदेश कानुन कार्यान्वयन र समुदायमासँग र विद्यार्थीहरुसँग न्यायाधिक्ता कार्यक्रम गरी प्रदेश कानुन सम्बन्धी जानकारी गराउने कार्य गर्दै आएको बताउनु भयो । मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ मुद्दामध्ये १०४ मुद्दा फरछौँट गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।