आज हरिशयनी एकादशी

विराटनगर २२ असार । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाउँदै छन । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक […]

विराटनगरको ग्रीनल्याण्ड कलेजलाई उत्कृष्ट शैक्षिक सम्मान

विराटनगर २१ असार । विराटनगरको ग्रीनल्याण्ड कलेजलाई उत्कृष्ट शैक्षिक संस्थाबाट सम्मानित गरिएको छ । काठमाण्डौं उपत्यका बाहिरबाट सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा चन्द्रलोक प्रतिष्ठान नेपालले आज काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा ग्रीनल्याण्ड कलेजलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२ प्रदान गरिएको हो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कलेजका प्रिन्सीपल दिनेश दाहाललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान […]

नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै

विराटनगर २१ असार । एएफसी महिला एसियन कप छनोट २०२६ अस्ट्रेलियाको निर्णायक खेलमा शनिबार नेपालले घरेलु टोली उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । समूह ‘एफ’मा नेपाल र उज्बेकिस्तान हालसम्म अपराजित रहेका छन । दुवै टोलीको समान ६ अंक र १७ गोल रहेको छ । यी दुई टोलीले अहिलेसम्म गोल […]

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नागरिक उन्मुक्ति

विराटनगर २१ असार । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ । नागरिक उन्मुक्तिले संघ सरकारबाट पनि बाहिरिएर समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए प्रधानमन्त्री वा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री […]

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरद्धारा सांसद वाग्लेसँग छलफल

विराटनगर, २० असार । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) विराटनगर च्याप्टरले अर्थविद् एवम् प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसँग लर्निङ सेसन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा बोल्दै उपसभापति डा. वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन जोखिम मोलेर उत्पादन र उच्च उत्पादकत्व गर्छु भन्ने अठोटका साथ काम […]