मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी राजीनामा दिन्नँ : ओली

विराटनगर ३१ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो काँधमा जिम्मेवारी भएको भन्दै त्यो पूरा नगरी राजीनामा नदिने प्रष्ट पार्नु भएको छ । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकको समापनमा सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । आफ्नो राजीनामाबारे महाधिवेशनमा छलफल गर्ने पनि उहाँले बताउनुभयो । ‘केही साथीले राजीनामा माग्नुभाछ । […]

जेन–जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी : नेपाली सेना

विराटनगर ३१ असोज । नेपाली सेनाले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ । सेनाले आज आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले तथ्यांक प्रस्तुत गर्दै आन्दोलनको क्रममा २२ प्रदर्शनकारीको ज्यान गएको बताउनु भएको हो । आन्दोलनको कारण ७६ जनाको मृत्यु भएको […]

आयोगले सत्यतथ्यको आधारमा जाँचवुझ गर्छ : सदस्य शर्मा

विराटनगर ३० असोज । जेनजीको आन्दोलनको नाममा अपराधिक समुहले सरकारी,नीजि तथा व्यक्तिगत सम्पत्ति तोडफोड,लुटपाट गर्नेलाई अविलम्व कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज यहाँ आयोजित जेनजी प्रदर्शन पश्चात गठन भएको भदौ २३ र २४ गतेको घटना जाँचवुझ आयोग–२०८२ का सदस्य विज्ञानराज शर्माको उपस्थितिमा जिल्लामा भएको क्षति सम्वन्धमा सरोकारवालाहरुसँग […]

बालबालिका संरक्षण ऐन संशोधन गरि प्रदेशको विशेषता झल्कने गरिको बनाईने

विराटनगर २७ असोज । कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ संशोधन गरि प्रदेशको विशेषता झल्कनेगरिको बनाईने प्रदेशसभा सदस्यहरुले प्रतिबद्धता जनाएका छन् । ऐन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले बताइरहेका समयमा प्रदेशसभा सदस्यहरुले पनि बालबालिकालाई प्राथमिकतामा राखेर योजना बनाईने पनि बताएका छन् । साझा सवालका लागि साझा मञ्च (कोकन) विराटनगरले उत्तर विधायीकी परिक्षण बारे […]

कार्यसम्पादन मूल्यांकनमा मोरङ सातौं, धनकुटा पहिलो, पाँचथर ७७ औं

विराटनगर २९ असोज । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मोरङ सातौं भएको छ । आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक ( वैशाख–असार) अवधिको मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नतिजामा जिल्ला प्रशासन कार्यालय मोरङ २९.२५ अंक प्राप्त गर्दै सातौ हुन सफल भएको हो । मोरङको प्रमुख जिल्ला अधिकारीमा अहिले सहसचिव इन्द्रदेव यादव हुनुहुन्छ । […]