जिफन्टद्धारा कोशी अस्पतालमा उपचाररत ७५ महिलालाई फलफूल वितरण

विराटनगर २५ फागुन । ११४ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कोशी अस्पतालमा उपचाररत ७५ जना महिलाहरुहरुलाई फलफूल वितरण गरिएको छ । जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाको नेतृत्वमा गएको टोलीले विस्कुट, फलफूल र प्याकेटवाला सुप वितरण गरिएको हो । जिफन्टले ८ मार्चका अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आइरहेको अध्यक्ष धमलाले बताउनुभयो । आजै […]

तेस्रो इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

विराटनगर २५ फागुन । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर–६ मा रहेको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा आयोजना गरेको प्रतियोगिता अन्र्तगत आज भएको फाइनल खेलमा इलामलाई १ सय रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस जितेर […]

राष्ट्रिय टी–२० क्रिकेट : सुदुरपश्चिम र आर्मी विजयी

विराटनगर २५ फागुन । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ । जितसँगै सुदुरपश्चिम ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकको […]

आज महाशिवरात्रि पर्व

विराटनगर २५ फागुन । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका […]

स्थानीय तहहरुले स्वास्थ्यमा १० प्रतिशत बजेट छुट्याउन आवस्यक

विराटनगर, २४ फागुन । प्रत्येक स्थानीय तहहरुले १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउन सके मात्र आधारभूत स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न सकिने सरोकारवालाहरुले बताएका छन । विराटनगरमा आयोजना गरिएको जनस्वास्थ्यको बहुपक्षिय सवाल विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पालिकामा १५ बेडको अस्पताल खोलेर विशेषज्ञ सेवा दिनै नसकिने कुरा जनप्रतिनिधिहरुले बुझ्नुपर्ने […]