
विराटनगर १५ जेठ । मोरङको उर्लाबारी वडा नंं १ का १७ जना पूर्व जनप्रतिनिधिलाई सम्मानित गरिएको छ । साविक मधुमल्ला ७, ८ र ९ वडामा २०४९ देखि २०७९ सम्म सेवा गरेका १७ जनप्रतिनिधिलाई वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको हो ।
उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीनाकुमारी खतिवडा पौडेल लगायतले उहाँहरुलाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा निवर्तमान वडाध्यक्ष मचिन्द्र कार्की (०७४–०७९) उर्लाबारी –१, नरबहादुर चौहान (०४९–०५४) साबिक मधुमल्ला–७, खडिबहादुर बोहोरा (०४९–०५९), साबिक मधुमल्ला –८, भीम श्रेष्ठ (०४९–०५४) साबिक मधुमल्ला–९, भीमबहादुर श्रेष्ठ (०५४–०५९) साबिक मधुमल्ला –९, नरबहादुर चौहान (०४९–०५४) साबिक मधुमल्ला–७ र भुपाल गौतम (०५४–०५९) साबिक मधुमल्ला–७ लाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
सदस्यहरु उर्लाबारी १ का मोहनकर्ण श्रेष्ठ र गम्भीर प्रधान (०७४–७९), साबिक मधुमल्ला–७ का लेखनाथ पौडेल, राधिका चौहान, वीर बहादुर माझी र मानबहादुर श्रेष्ठ (०५४–०५९) लाई पनि सम्मान गरिएको थियोे । यसैगरी साबिक मधुमल्ला–८ का मदन कुमार राई र पुष्पा भट्टराई (०५४–०५९) का साथै साबिक मधुमल्ला –९ का मणि कुमार राई र इन्द्रबहादुर श्रेष्ठ (०५४–०५९) लाई सम्मान गरिएको वडाध्यक्ष तिलक पाण्डेले बताएका छन् ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष तिलक पाण्डेले गर्नुभएको थियो ।स्वागत मन्तव्य वडा सदस्य गौरीशंकर (गोपाल) दाहालले गर्नु भएको थियो ।