
विराटनगर १६ जेठ । १८ औं गणतन्त्र दिवसकाे अवसरमा नेकपा एमाले विराटनगर महानगर कमिटीले विहीबार साँझ तीन स्थानमा दिपप्रज्वलन गरेकाे छ ।
विराटनगरका बरगाछी चोक, पार्टी कार्यालय पान्चाली र रानीनाकामा एकसाथ साझ ७ बजे दिपप्रज्वलन गरिएको हाे ।
बरगाछी चोकको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, केन्द्रीय सल्लाहकार परिषद सदस्य बिनोद ढकाल, कोशी प्रदेश कमिटी संयोजक नरेन्द्र बस्नेत, जिल्ला कमिटी सचिव सोमराज थापा, महानगर कमिटी अध्यक्ष बलराम गिरि, जिल्ला कमिटी सदस्य कृष्ण भट्टराई, जिल्ला कमिटी निवर्तमान अध्यक्ष बाबुराम कार्की, कोशी प्रदेश सभा सदस्य शिला दिक्षित कार्की, पार्टी महानगर पदाधिकारी, सदस्य तथा पार्टी नेता कार्यकर्ताको सहभागितामा सम्पन्न भएको नगर सचिव विज्ञान शर्माले जानकारी दिनुभयाे । साे कार्यक्रमको संयोजन नेकपा एमाले वडा न. १,२,३,४,५ र १९ को वडा कमिटीले गरेको उहाँले बताउनुभयाे ।
पार्टी कार्यालय पान्चालीको कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य सरस्वरी खरेल, जिल्ला कमिटी उपसचिव उषा झा,पार्टी जिल्ला कार्यलय सचिव बुद्धि बहादुर थापा, जिल्ला कमिटी सदस्य ममता प्रधान, महानगर कमिटी उपसचिव हिमा मैनाली, पार्टी महानगर सदस्य तथा पार्टी नेता कार्यकर्ताको व्यापक सहभागिता रहेकाे थियाे । साे कार्यक्रमको संयोजन नेकपा एमाले वडा न. ६,७,८,९,१०,११,१२,र १३ को वडा कमिटीले गरेको थियो ।
रानिनाकाको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष सागर थापा, महानगर कमिटी उपसचिव हमिद आजद, पार्टी महानगर सदस्य तथा पार्टी नेता कार्यकर्ताको सहभागितामा सम्पन्न भएको छ । उक्त कार्यक्रम संयोजन नेकपा एमाले वडा न. १४, १५, १६, १७ र १८ को वडा कमिटीले गरेको महानगर सचिव शर्माले जानकारी दिनुभयाे ।
यसअघि महानगर कमिटीले विहिबार विहान पार्टी कार्यालयमा बृक्षाराेपण गरेकाे थियाे ।