दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै

विराटनगर ८ असोज । दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड आज पनि […]

विराटनगरबाट स्रोत नखुलेको १४ लाख ५० हजार बरामद

विराटनगर ७ असोज । विराटनगरबाट स्रोत नखुलेको नेपाली १४ लाख ५० हजार रूपैयाँ बरामद भएको छ । भारतबाट नेपालतर्फ ल्याइएको अवैध रकम प्रहरीले मंगलबार दिउँसो १२ः४५ बजेतिर बरामद गरेको हो । विराटनगर महानगरपालिका–१७ बाट ठूलो मात्रामा रकम बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई […]

माओवादी केन्द्रको कार्यबाहक अध्यक्ष दिन नारायणकाजीको माग

विराटनगर ७ असोज । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गर्नु भएको छ । पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गर्नु भएको हो । माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको थियो । जहाँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिनुभयो […]

सुन्दरहरैचा प्याब्सनद्धारा नगरपालिकालाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

विराटनगर ७ असोज । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई प्याब्सन नगर कार्यालयले आज कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको छ । सुन्दरहरैचा नगर कार्यालयले नगरपालिकालाई ६ थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो । नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सुन्दरहरैचा प्याब्सनका तर्फबाट कम्प्युटर हस्तान्तरण गरिएको नगर अध्यक्ष दीपक […]

पूर्व नगर प्रमुख ढकालको पहलमा सुन्दरहरैचा नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

विराटनगर ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई आज कार्यालय सामग्री हस्तान्तरण गरिएको छ । पूर्व नगर प्रमुख शिवप्रसाद ढकालको पहलमा नगरपालिकालाई कार्यालय सामग्रीहरु स्टिल दराज १० थान, टेवल कम्प्युटर १० थान, कम्प्युटर ८ थान र प्रिन्टर ४ थान हस्तान्तरण गरिएको हो । नगरपालिकालाई आरएनजी कंक्रिट प्रालिले १० थान दराज, १० […]