विराटनगर २२ जेठ । मोरङ जिल्ला अदालतले आगामी साउन महिनादेखि महिलाको मुद्दा हुर्ने गरी छुट्टै इजलास स्थापना गरिने भएको छ । राष्ट्रिय महिला आयोग भद्रकाली काठमाण्डौंद्वारा आज विराटनगरमा आयोजित महिला हिंसा निवारणका लागि सुरक्षा निकायमा रणनितिक योजना विषयक वैठक र अन्तरक्रियामा सहभागीहरुले महिला सम्बन्धी मुद्दाको न्याय सम्पादन छिटो तरिकाले गर्न एवं मुद्दाको चाप घटाउन इजलास […]
राकेशलाल दास विराटनगर–मुलुक संघीय संरचनामा गएसँगै पछिल्लो समय प्रदेश तहबाट कार्यान्वयन भएका भौतिक पूर्वाधारसँग सम्बन्धित योजनाले मूर्त रुप लिन थालेका छन् । पछिल्लो ६ वर्षको अवधिमा कोशी समेत सातै प्रदेशले पूर्वाधार निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेका छन् । कोशीमा भने पूर्वाधार कार्यालय मोरङबाट भए गरेका कार्यको सकारात्मक प्रभाव जनस्तरसम्मै देखिएको छ । बाटोघाटो तथा […]
विराटनगर २० जेठ । जनशक्ति व्यवस्थापन लगायतका विषयमा पूर्वाञ्चल विश्वविद्यालयले १३ कम्पनीसँग सम्झौता गरेको छ । विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको हो । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका विभिन्न बिषय अध्ययन गरेका विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, फ्याकल्टी एक्सचेञ्ज लगायतका काम गर्ने गरी […]
विराटनगर २० जेठ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक नीति तथा कार्यक्रम आइतबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीका अनुसार प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । स्वीकृत भएको नीति तथा कार्यक्रम सोमबारको प्रदेशसभा बैठकमा […]
विराटनगर २० जेठ । सुनसरीको बर्जू गाउँपालिकामा शिक्षा स्वास्थ्य सुधार परियोजना सुरु भएको छ । ‘एजुकेसन सपोर्ट भिया वास एन्ड अदर अपग्रेड इन बर्जू’ परियोजना सुरु भएको हो । खानपान शिक्षा, स्वास्थ्य र बालबालिकाको हेरचाहलाई केन्द्रित गरेर यो परियोजना सुरु भएको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी परियोजनाको बारेमा जानकारी गराइएको थियो । एलडिएससी […]