कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा निःशुल्क उपचार पाउने बिरामीको विवरण माग

विराटनगर २० पुस । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले निजी अस्पतालहरुसँग निःशुल्क उपचार पाउने बिरामीको विवरण माग गरेको छ । मन्त्रालयले विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण, अभिलेख तथा प्रतिवेदन पेस गर्न निजी अस्पतालहरुलाई आग्रह गरेको हो । मन्त्रालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले बिहीबार सबै निजी अस्पताललाई पत्राचार गर्दै निःशुल्क उपचार पाएका बिरामीको विवरणसहितको प्रतिवेदन माग गरेका […]

विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गर्ने निर्णय

विराटनगर २० पुस । विराटनगर महानगरपालिकाले जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भएको छ । धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीगँग छलफल गरी अबदेखि त्यस्तो कार्य रोक्नेसहित विभिन्न निर्णय गरेको छ । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा […]

मोरङको कटहरीद्वारा एक महिने सीपमूलक तालिम सम्पन्न

विराटनगर, १८ पुस । मोरङको कटहरी गाँउपालिकाले एक महिने सीपमूलक तालिम दिएकाे छ । एक्सपट टेक्निकल कलेज नेपाल प्रालिको प्राविधिक सहयोगमा गाउँपालिकाले  एसी, फ्रिज, मोटर र पंखा  मर्मत सम्वन्धि तालिम आयोजना  गरिएको हाे । सो तालिम लिएपछि सहभागि धेरैले स्थानीय रुपमा रोजगारी पाएको बताएका छन् । कटहरी गाँउपालिकाको करिब ४ लाख रुपैया लागतमा आयोजना गरिएको […]

लोकतन्त्रमा प्रेस स्वतन्त्र हुनुपर्छ : कांग्रेस नेता सिटौला

विराटनगर १७ पुस । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले लोकतन्त्रमा प्रेस स्वतन्त्र अनिवार्य रहेको मुल्य मान्यताप्रति पार्टी अडिग रहेको बताउनु भयो । कांग्रेस कोशी प्रदेश सूचना, सञ्चार तथा प्रचार प्रसार विभागद्वारा आज विराटनगरमा आयोजित नेपाल पत्रकार महासङ्घको निर्वाचनमा नेपाल प्रेस युनियनको तर्फबाट विजयी सञ्चारकर्मीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उहाँले लोकतान्त्रिक […]

प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने

विराटनगर १७ पुस । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । अगामी फागुन २३–२५ सम्म विराटनगरमा १० औं राष्ट्रिय महाधिवेशन विराटनगरमा गर्ने निर्णय गरिएको चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिनुभयो । आगामी माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको छ । जनसंगठन […]