मोरङ ४ को यूवा प्रतिनिधिमा नवराज नेपाल (टुप्पी) आकांक्षी

विराटनगर ६ मंसिर । नेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशनको यूवा प्रतिनिधिमा विराटनगरका नवराज नेपाल (टुप्पी) आकांक्षी भएको बताएका छन् ।

एमाले मोरङले महाधिवेशन प्रतिनिधि चयनका लागि मंसिर ८ गते देखि निर्वाचन प्रकृया शुरु गर्दै छ । प्रतिनिधि चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने नेपालले बताए ।

मोरङ क्षेत्र नं. ४ मा यूवा तर्फ एक जना प्रतिनिधि चयन हुने छन् । मंसिर १३ गते देशभर एकै दिन प्रतिनिधि चयन गर्ने एमालेले जनाएको छ ।

सक्रिय यूवा नेता नेपालले विराटनगर महानगर कमिटीको उपसचिवको जिम्मेवारी सम्हालिसकेका छन् । एमालेको सक्रिय राजनीति गर्दै आएका उनले एमाले मोरङ र विराटनगर महानगर कमिटीको बर्तमान नेतृत्व र मानगढ खानेपानीको निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी बनाउने अभियानमा सफल नेतृत्व गरेको बताएका छन् ।

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७–२९ काठमाण्डौंमा हुँदैछ ।