विराटनगर १३ मंसिर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको बेरुजू ४१ करोड ३९ लाख पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरि ५ आर्थिक वर्षको बेरुजू रकम ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ पुगेको जनाएको छ । आर्थिक वर्ष २०७५–०७६ मा स्वास्थ्य मन्त्रालयको बेरुजू १ करोड ९२ लाख ६७ हजार ४४९ रहेको […]
विराटनगर १२ मंसिर । मोरङको ग्रामथानमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आज ग्रामथानमा आचारसंहिताबारे आयोजना गरेको सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका तुल व्यानरहरु हटाउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई स्वच्छ र मर्यादित […]
विराटनगर १२ मंसिर । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ । विराटनगरका किङ्सका खेलाडीलाई मङ्गलवार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गर्नुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल)कोलागि कोशी प्रदेशबाट विराटनगर किङ्सले […]
विराटनगर ११ मंसिर । मोरङको बुढीगंगामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा प्रतिभा पहिचान र रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । मंसिर १५ गते सम्म चल्ने प्रतियोगिताको रनिङ शिल्ड तर्फ विद्यार्थीले भलिवल, कवड्डी, कराँते र एथ्लेटिक्स र प्रतिभा पहिचान तर्फ चित्रकला, नृत्य, बक्तृत्वकला र गायनमा प्रतिष्पर्धा […]
विराटनगर ११ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आईपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि निर्वाचन सामाग्री आईपुगेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । निर्वाचन प्रयोजनका लागि आवस्यक पर्ने मतपत्र र मतपेटिकालगायत आवस्यक सम्पूर्ण सामग्री […]