विराटनगर १६ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै अध्यक्ष ओलीले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गर्नुभयो । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव […]
विराटनगर, १६ फागुन । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय […]
विराटनगर १६ फागुन । मोरङ जिल्लामा साना तथा घरेलु उद्योग अन्तर्गत ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालित रहेका छन् । ती उद्योगहरुमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी प्राप्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला […]
उर्लाबारी १६ फागुन । मोरङको उर्लाबारीमा रहेका विद्यालयहरुमा नेपाल र ट्राफिक प्रहरीको जनचेतनामूलक कार्यक्रमलाई व्यापक बनाइएको छ । नेपाल स्काउटको आयोजनामा सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेको हो । पहिलो चरणमा राधिका, अरनिको र सुनपकुवा माविमा कार्यक्रम सम्पन्न गरिएको छ । निजी विद्यालयहरुमा पनि कार्यक्रम सञ्चालनको तयारी छ । […]
विराटनगर १५ फागुन । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता फागुन १७ देखि हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट बिथ आउट बाउण्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म सो प्रतियोगिता हुने भएको हो । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी […]